सिलगढ़ीको प्रकाशनगर क्षेत्रबाट एउटा हृदयविदारक समाचार प्रकाशमा आएको छ। डेढ़ महीनाकी कन्या शिशुको मृत्युले पूरै क्षेत्रमा होहल्ला मच्चाइदिएको छ। कन्या शिशुको मृत्यु तिनकै बाबाको हातबाट भएको आरोप लागेको छ। पुलिसले बाबालाई नियन्त्रणमा लिएर पूरै विषयमा गम्भीर जाँच आरम्भ गरेको छ। प्राप्त जानकारीअनुसार बिहारकी वासिन्दा प्रियङ्का कुमारीको विवाह दुई वर्षअघि राहुल महतोसित भएको थियो। विवाहपछि प्रियङ्का सिलगढ़ीको प्रकाशनगरमा आफ्ना पति अनि ससुरालीहरूसित बस्न थालिन्। केही समयअघि प्रियङ्काले एक छोरीलाई जन्म दिइन् र शिशुको नाम राखियो अमृता। तर छोरी जन्माएपछि प्रियङ्काको जीवन नरक बनेको आरोप छ।
प्रियङ्काको भनाइअनुसार छोरी जन्मिएदेखि नै ससुराल पक्षले तिनलाई निरन्तर उत्पीड़न गर्न थाल्यो। कहिले त कुटपिटसमेत सहनुपर्थ्यो। तिनका पति राहुललाई पनि छोरीसित कुनै लगाउ नभएको प्रियङ्काको आरोप छ । प्रियङ्काले पुलिसलाई भनिन्, राहुल सधैँ भन्थे कि छोरी भनेको बोझ हो। घटना भएको राति प्रियङ्काकी शिशु अमृता लगातार रोइरहेकी थिई। त्यसैमा राहुल रिसले विवेकहीन बन्यो। प्रियङ्काले पुलिसलाई भनिन्, चिच्याउँदै राहुलले भन्यो यसलाई सधैँका लागि चुप पार्छु। मैले तिनलाई रोक्ने प्रयास गरेँ तर तिनले मलाई धकेलिदियो।
केही समयमै मेरी छोरी एकाएक शान्त भइन्… र सास फेर्न छाड़िन्।बिहान अमृतालाई गम्भीर अवस्थामा सिलगढ़ी जिल्ला अस्पताल लगियो जहाँ डाक्टरहरूले तिनलाई मृत घोषणा गरे। अस्पताल प्रशासनले तुरुन्तै पुलिसलाई खबर गर्योट। पुलिस घटनास्थलमै पुगेर जाँच आरम्भ गर्दै बाबा राहुल महतोलाई नियन्त्रणमा लियो। भक्तिनगर पुलिस चौकी ओसीलेले भने, हामीलाई शिशुको मृत्युबारे सूचना आएको थियो। प्रारम्भिक जाँचमा घटना शङ्कास्पद देखिएको छ। शवलाई पोस्टमर्टमका लागि पठाइएको छ। रिपोर्ट आएपछि मात्र थप कारवाही गरिनेछ। अहिले आरोपी बाबालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ।
