त्रिविले सातै प्रदेशमा दीक्षान्त समारोह गर्ने

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चालु वर्ष स्नातकदेखि विद्यावारिधिसम्मका ९५ हजार ५ सय ४० जना विद्यार्थीलाई दीक्षित गराउने भएको छ ।
त्रिवि सभाको ६७ औँ वार्षिक दिवस बैठकले ६४ औँ ग्रेस लिस्ट पारित गर्दै उक्त संख्याका विद्यार्थीलाई दीक्षान्त समारोहमा सहभागी गराउने निर्णय गरेको हो । रजिस्ट्रार रवीन्द्र शिवाकोटीद्वारा प्रस्तुत विवरणअनुसार २०८२ असार १ देखि २०८३ असार मसान्तसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरू यसपटक दीक्षित हुनेछन् ।
ग्रेस लिस्टमा परेका कुल विद्यार्थीमध्ये साधारण विषयतर्फ ८४.९० प्रतिशत र प्राविधिक अध्ययनतर्फ १५।१० प्रतिशत रहेका छन् ।
संकायगत रूपमा सबैभन्दा बढी विद्यार्थी व्यवस्थापन संकायका छन् । व्यवस्थापनबाट ४३ हजार १४२, शिक्षाशास्त्रबाट १९ हजार ५३३, मानविकी तथा सामाजिकशास्त्रबाट १५ हजार ४४१ र कानुन संकायबाट ३ हजार १ जना विद्यार्थी दीक्षित हुन योग्य भएका हुन् ।
त्यस्तै, अध्ययन संस्थानतर्फ विज्ञान तथा प्रविधिबाट ६ हजार ६८८, इन्जिनियरिङबाट ५ हजार १६०, चिकित्साशास्त्रबाट १ हजार ९२०, कृषि तथा पशु विज्ञानबाट ४६३ तथा वन विज्ञान अध्ययन संस्थानबाट १९२ जना रहेका छन् ।
तहगत रूपमा हेर्दा स्नातक ९ब्याचलर्स० तहका ७२ हजार ४०४ जना र स्नातकोत्तर ९मास्टर्स० तहका २२ हजार ५३३ जना विद्यार्थी छन्। यस्तै, एमफिलतर्फ २५३, पोस्ट ग्राजुएट डिप्लोमा ९पीजीडीएस० तर्फ १८४ र विद्यावारिधि ९पीएचडी० हासिल गर्ने १६६ जना विद्यार्थी यस वर्ष दीक्षित हुँदैछन् ।
विश्वविद्यालयले आगामी पुसमा काठमाडौंमा मूल दीक्षान्त समारोह आयोजना गर्ने तयारी गरेको छ । साथै, यस वर्षदेखि काठमाडौंबाहिरका विद्यार्थीको सहजताका लागि सातै प्रदेशमा दीक्षान्त समारोह सञ्चालन गरिने त्रिविले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *