पब्जी मोबाईल नेपाल सिरिज २०२५ को ग्राण्ड फिनाले शुरू

एजेन्सी:  नेपालमा अत्याधिक रुचाइएको ई–स्पोर्ट्स पब्जीको बहुप्रतिक्षित प्रतियोगिता २०२५ पब्जी मोबाईल नेपाल सिरिजको ग्राण्ड फिनाले आधिकारिक रूपमा शुरु भएको छ।

प्रतियोगिताको ओपन क्वालिफायर भदौ १० गतेदेखि सुरु भएको थियो। कुल पाँच हजार अमेरिकी डलरको पुरस्कार राशि राखिएको यसपटकको श्रृंखलामा देशभरिबाट ११,००० भन्दा बढी खेलाडीहरूको उत्साहजनक सहभागिता देखिएको छ। तीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष १६ टोलीले डिसेम्बर २०२५ मा हुने पब्जी मोबाईल स्टार च्यालेन्ज मा सहभागिता जनाउने अवसर प्राप्त गरेका छन्।

प्रतियोगिताको संरचना र अवधारणा

स्थानीय समुदायलाई ध्यानमा राखेर आयोजना गरिएको यस ई–स्पोर्ट्स प्रतियोगिताले नयाँ पुस्ताका गेमरहरूलाई आफ्नो प्रतिभा देखाउन र प्रतिस्पर्धात्मक अनुभव लिन एक वास्तविक प्लेटफर्म उपलब्ध गराएको छ।
साथै यस वर्ष पहिलो पटक फ्रान्चाइज स्टाइलको फर्म्याट अपनाइएको छ, जसअन्तर्गत शीर्ष १६ टोलीले राष्ट्रिय उपाधिका लागि प्रतिस्पर्धा गर्नुको साथै प्रख्यात गेमिङ क्रिएटर र कन्टेन्ट पर्सनालिटीहरूसँग सहकार्य गर्ने विशेष अवसर समेत पाउनेछन्। यसले प्रतिस्पर्धात्मक अनुशासनलाई इन्फ्लुएन्सर–केन्द्रित सहभागितासँग मिसाउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *