भारतमा चिया निर्यातमा हुँदै आएको समस्या सहजीकरणतर्फ अघि बढेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बताएकी छन् । प्रतिनिधिसभामा सांसदहरूले मन्त्रालयसँग सम्बन्धित विषयमा उठाएका विषयमा जवाफ दिँदै उनले वार्षिक दुई करोड ६१ लाख किलो चिया उत्पादन हुने गरेकामा पछिल्लो समय निर्यातमा आएको समस्या सहजीकरणको प्रयास गरी समाधानतर्फ गएको बताइन् । चिया निर्यातको ८० देखि ९० प्रतिशत भारतमा हुने गरेको पनि उनले जानकारी दिइन् ।
उनका अनुसार चिया निर्यातको सहजीकरणका लागि मन्त्रालयबाट गत चैत ३० गते नै पत्राचार गरिएको छ । यससम्बन्धी समस्या र समाधानका लागि भइरहेको प्रयासका विषयमा चिया विकास बोर्डसँग वैशाख २८ गते छलफल भएको थियो । अर्थोडक्स चिया भने भारतमा मात्र निर्यात हुने गरेको छ । यसैगरी नयाँदिल्लीस्थित नेपाली दूतावासबाट भारतका सम्बन्धित मन्त्रालयसँग छलफल भएको जानकारी पनि मन्त्री गौरी कुमारीले दिइन् । नेपालबाट भारत हुँदै अन्य मुलुकमा चिया निर्यातका लागि पनि सहजीकरणको प्रयास भइरहेको छ ।
You may also like
-
परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट
-
महँगी र कालोबजारी नियमन्त्रण गर्न सरकार असफल : कांग्रेस सासद केसी
-
स्तन क्यान्सर सचेतनाका लागि पिंकवाक’ हुँदै
-
प्रधानमन्त्री शाह र अमेरिकको कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता
-
संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर राख्न कांग्रेसको आग्रह
