सशस्त्र सीमा बल (एसएसबी) को आठौँ वाहिनीले कमाण्डेण्ट मितुल कुमारको मार्गदर्शनमा खेलो इण्डिया योजनाअन्तर्गत फिट इण्डिया’ पहलका सम्बन्धमा विजय दिवस पालन गर्दै साइकल ऱ्याली आयोजना गरियो। यो अभियान सशस्त्र बलका वीर प्रयासहरूलाई सम्मान गर्न मनाइएको एसएसबीले जानकारी गराएको छ। आइतवार वाहिनी मुख्यालयबाट आरम्भ गरिएको यो साइकल र्यासली हिमुल मोड़, वास्तु बिहार अनि काली मन्दिर हुँदै पुनः वाहिनी मुख्यालयमै पुगेर समापन भयो। यस अभियानमा वाहिनीका अधिकारी तथा सम्पूर्ण कर्मचारीहरूको सक्रिय सहभागिता थियो।
एकजना अधिकारीद्वारा साइकल र्याालीलाई हरियो झण्डा देखाएर शुभारम्भ गरिएको थियो। कार्यक्रमको अन्त्यमा स्थानीय गाउँलेहरूलाई देश प्रेमप्रति जागरूक गराउँदै भारत माता की जयको नारा लगाइयो।
