सिलगढ़ीको इष्टर्न बाइपासनजिक ठाकुर नगर क्षेत्रमा हालै एक परिवारमाथि गरिएको आक्रमण सम्बन्धी घटनामा एनजेपी पुलिसले थप एकनजा आरोपीलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिको नाम विशाल सरकार उर्फ राज रहेको जानकारी प्राप्त भएको छ।
गत मङ्गलवार उक्त परिवारमाथि आक्रमण गरिएको थियो। स्थानीय केही असामाजिक तत्त्वहरूले एक परिवारमाथि आक्रमण गर्दा परिवारका केही सदस्यहरू घाइते भएका थिए। घटनापछि अहिलेसम्म 6 जनालाई पक्राउ गरिसकिएको छ। त्यस आक्रमणपछि स्थानीय मानिसहरूमा आक्रोश चुलिएको थियो।
त्यसकारण बुधवार ठाकुर नगर क्षेत्रमा सड़क अवरोध गरियो जसले बन्दको स्थिति सिर्जना भएको थियो। मेयर गौतम देव घटनास्थल आइपुगेका थिए साथै डाबग्राम-फूलबारीकी विधायिका शिखा च्याटर्जीले बिहीवार पीड़ित परिवारसित भेट गरी दोषीहरूविरुद्ध कठोर कारवाहीको माग गरेकी थिइन्। बिहीवार एनजेपी पुलिसले विशाल सरकारलाई मदानी बजार क्षेत्रबाट पक्राउ गरेको हो। त्यससितै यस मामिलामा पक्राउ पर्नेहरूको सङ्ख्या सात पुगेको छ। पुलिसले बाँकी आरोपीहरूको खोजी जारी रहेको पुष्टि गरेको छ। पक्राउ परेका व्यक्तिलाई शुक्रवार जलपाइगढ़ी न्यायालयमा प्रस्तुत गरिएको थियो।