एजेन्सी: नेपाल वायुसेवा निगमको रिक्त महाप्रबन्धक पदको नियुक्ति खुला प्रतिस्पर्धाबाट हुने भएको छ । छनौट समितिले बिहीबार रिक्त महाप्रबन्धक पदको पदपूर्तिको लागि दरखास्त आह्वान गरेको हो ।
सरकारले निगम सुधारका लागि खुला प्रतिस्पर्धाबाट वायुसेवा निगमको महाप्रबन्धक छनोट गर्ने भएको हो । जसले गर्दा योग्य उम्मेदवारलाई आवेदनका लागि आह्वान गरिएको हो ।
महाप्रबन्धक बन्न योग्य व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवेदन दिन सक्नेछन् । आवेदन फारम, उम्मेदवारको योग्यता तथा अनुभव, पेस गर्नुपर्ने कागजात, परीक्षाको छनौट विधि, पारिश्रमिक तथा सुविधा र अन्य आवश्यक विवरण मन्त्रालयको वेबसाइटमा राखिएको छ ।
खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरिएको थियो । जसको सदस्यहरूमा क्याप्टेन कुलबहादुर लिम्बु र मन्त्रालयका योजना तथा प्रशासन महाशाखा प्रमुख एवम् सहसचिव रहनेछन् ।
You may also like
-
परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट
-
महँगी र कालोबजारी नियमन्त्रण गर्न सरकार असफल : कांग्रेस सासद केसी
-
स्तन क्यान्सर सचेतनाका लागि पिंकवाक’ हुँदै
-
प्रधानमन्त्री शाह र अमेरिकको कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता
-
संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर राख्न कांग्रेसको आग्रह
