नक्सलबारीमा माध्यमिक परीक्षार्थीको मृत्यु

एकजना माध्यमिक परीक्षार्थीको मृत्युले नक्सलबारीको मेच बस्ती क्षेत्रमा खलबली मच्चिएको छ। मृत छात्राको पहिचान नक्सलबारीको खालपाड़ा क्षेत्र निवासी अर्पिता मण्डलको रूपमा गरिएको छ। प्राप्त जानकारी अनुसार नक्सलबारी नन्द प्रसाद गर्ल्स हाई स्कूलकी छात्रा अर्पिता मण्डल आफ्ना साथीको घरबाट माध्यमिक परीक्षा दिइरहेकी थिइन्। बिहीवार दिउँसो जब तिनी उठिनन् तिनकी साथीले तिनलाई बोलाइन्। त्यसपछि अर्पिताकी आमालाई खबर गरियो। तिनलाई तत्कालै नक्सलबारी अस्पताल लगियो जहाँ चिकित्सकहरूले तिनलाई मृत घोषित गरे। शुक्रवार शवलाई पोस्टमर्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पताल पठाइएको छ। यसैबीच पुलिसले मृत्युको कारण पत्तो लगाउन जाँच आरम्भ गरेको छ। घटनाले सम्पूर्ण क्षेत्र शोकमग्न बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *