माध्यमिक परीक्षा आरम्भ, बोर्ड तयार

यस वर्षको माध्यमिक परीक्षा आरम्भ भइसकेक छ। केवल विद्यार्थीहरूको मात्र होइन परीक्षा बोर्डको पनि हो। माध्यमिक परीक्षा सुचारु रूपमा सम्पन्न गराउन नै बोर्डका लागि ठूलो परीक्षा हो। नक्कल रोक्न क्यूआर कोडको प्रयोगदेखि लिएर टेष्ट पेपरमार्फत चेतनामूलक प्रचारसम्म गरिएको छ। पश्चिम बङ्गाल साथै उत्तर बङ्गालमा यो प्रयास कति सफल हुन्छ भनेर ध्यान दिइनेछ। उत्तर बङ्गालको मालदहमा गत वर्ष प्रश्नपत्र लीक भएको विषयले धेरै हङ्गामा भएको थियो। दक्षिण दिनाजपुरमा पनि कैयन् परीक्षार्थीको परीक्षा रद्द गर्नु परेको थियो। त्यसैले यसपल्ट कोचबिहारदेखि सिलगढ़ी, मालदहदेखि अलिपुरद्वार सबै ठाउँमा बोर्ड अझ सतर्क छ।

आइतवार बोर्डका अध्यक्ष रामानुज गङ्गोपाध्यायले भने, कुनै पनि समस्या नहुने आशा छ। परीक्षामा अनियमितता किन हुनुपऱ्यो? केही अभिभावकहरूको कारण विद्यार्थीहरू गलत बाटोतर्फ लाग्ने गर्छन्। हामी बारम्बार सचेत गराइरहेका छौँ। अब हेर्नु बाँकी छ। बोर्ड र केही शिक्षकहरू पनि अभिभावकहरूप्रति चिन्तित छन्। तिनीहरूअनुसार, केही अभिभावकहरूले सामाजिक सञ्जाल वा अन्य माध्यमहरूबाट 100 प्रतिशत कम्मन सजेशन खोज्ने प्रयास गरिरहेका छन्। परीक्षार्थीले वर्षभरि जे पढ़ेका छन् त्यसलाई छोड़ेर अहिले नयाँ सामग्री पढ़ेर समय बर्बाद गर्नु उचित होइन।

सिलगढ़ीको एउटा विद्यालयका प्रधानाध्यापक साम्सुल आलमले भने, विद्यार्थीहरूलाई शान्त राख्नुपर्छ। कतिपय अभिभावकहरू परीक्षा केन्द्रसम्म आएर विद्यार्थीहरूलाई दबाउ दिन्छन्। यो पढ्यौ कि पढ़ेको छैन? हेर त! यस्ता कुराहरू परीक्षाअघि रातदेखि नै टाढ़ै राख्नुपर्छ। कुनै परीक्षामा गल्ती भयो भने त्यसबारे तनाउ लिनु आवश्यक नरहेको केही शिक्षकहरूको सुझाउ छ। प्रश्न-उत्तर मिलाएर चिन्ता गर्नुको साटो बाँकी परीक्षामाथि ध्यान दिनुपर्छ। सबै परीक्षा सकिएपछि उत्तर मिलाएको सही हुन्छ। मालदह रामकृष्ण मिशन विवेकानन्द विद्यालयका प्रधानाध्यापक स्वामी तापहारणन्दले भने, विद्यार्थीहरूलाई अनावश्यक दबाउ दिनु राम्रो होइन। यो पनि जीवनका अन्य परीक्षाहरू जस्तै एउटा साधारण परीक्षा हो भनेर बुझाउनुपर्छ। बोर्डका अध्यक्षले भने, हामीले टेष्ट पेपरहरूमार्फत परीक्षार्थीहरूलाई उचित सल्लाह दिएका छौँ। जिल्लाका जिम्मावार अधिकारीहरूलाई परीक्षा केन्द्रमा नियम-कानुन पालना गर्ने तरिकाहरू बुझाइएको छ। सिलगढ़ी शिक्षा जिल्लाका माध्यमिक परीक्षा समन्वयक सुप्रकाश रायले भने, बोर्डका नियमअनुसार परीक्षा सही तरिकाले सञ्चालन गर्न सबै तयारी पूरा भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *