बोलेरो र ट्र्याक्टर ठोक्किँदा एक जनाको मृ*त्यु

नवलपुरको मध्यविन्दु नगरपालिका-११ अरुणखोलास्थित बाहुनीकुनामा जन्ती बोकेको बोलेरो जिप र ट्र्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा विनयी त्रिवेणी गाउँपालिका-४ का ३० वर्षीय चुरेन्द्र चौधरी रहेको प्रहरी चौकी अरुणखोलाका प्रहरी सहायक निरीक्षक भीमबहादुर थापाले जानकारी दिए ।
कावासोती नगरपालिका-१६ डण्डाबाट दुम्कीबासतर्फ जन्ती लिएर जाँदै गरेको लु २ च ८९९७ नम्बरको बोलेरो जिप र लु २ त २४१७ नम्बरको ट्र्याक्टर आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते अस्विन चौधरी र निर्मल चौधरीलाई थप उपचारका लागि चितवनस्थित सीएमसी अस्पताल भरतपुर रिफर गरिएको छ ।
अन्य घाइतेहरूको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ । घाइते हुनेमा विनयी त्रिवेणी गाउँपालिका(४ का मिलन चौधरी, प्रिन्स विक, रविन चौधरी, रिजन चौधरी, गुलसन थापा, विशाल शर्मा, श्याम चौधरी, युवराज चौधरी र सुमेन्द्र चौधरी तथा मध्यविन्दु नगरपालिका(१० का आदेश आले रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *