एजेन्सी: पतञ्ज्ली जग्गा प्रकरणमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि सम्मानित नेता झलनाथ खनालले लिखित सुझाव पेश गर्दै अध्यक्ष पदबाट मुक्त हुन भनेका थिए ।
गत असार २३ गते चीन प्रस्थान गर्नुपूर्व खनालले पेश गरेको उक्त लिखित सुझावलाई पार्टीले सार्वजनिक नगरेको र त्यसबारे भ्रम छरिएको भन्दै खनालको सचिवालयले उक्त सुझावको पूर्ण अंश नेपाल प्रेसलाई उपलब्ध गराएको छ ।
सुझावमा खनालले लेखेका थिए, ‘अध्यक्ष पदबाट मुक्त भएर वा नैतिकता देखाएर, राजीनामा दिएर कानुनविद्, बुद्धिजीवीहरूसँग गम्भीरताका साथ भेटवार्ता र छलफल गरी आफ्नो मुद्दालाई दरो बनाउनतिर लाग्नुपर्छ।’ अध्यक्ष पदमा रहिरहँदा नैतिकताको प्रश्न उठिरहने भन्दै खनालले लेखेका थिए, ‘यसले गर्दा वा स्वयंलाई र पार्टीका कार्यकर्तालाई यस प्रश्नको उत्तर दिनका लागि गाह्रो पर्न सक्छ।’