मिरिक महकुमाअन्तर्गत लोवर सिङबुलीमा सिङबुली र घैयाबारीका बेरोजगार युवाहरूले एक जरुरी सभा आयोजना गरे। उक्त सभामा सर्वसम्मतिले निर्णय लिँदै जिरो पोइण्ट पीडब्ल्यूडी वर्कर्स एसोसिएशन गठन गरिएको छ। सभाले कार्यक्षेत्रको सिमाना निर्धारण गरे बमोजिम अब समितिले जिरो पोइण्टदेखि चिप्ले भीरसम्म जिम्मेवारी लिनेछ।
सभामा गठन गरिएको कमिटिमा सभापति सुभाष तामाङ, उप सभापति रोहित राई, सचिव विनोद शर्मा, सह सचिव सरोज छेत्री, कोषाध्यक्ष विकास छेत्रीलाई चयन गरिएको छ।कमिटिका अन्य सदस्यहरूमा छेवाङ तामाङ, रोजेस थापा, शरद तामाङ, चञ्चल प्रधान, विवेक शर्मा, सुन्दरम सार्की, आदर्श राई, अमर प्रधान, रितेश तामाङ, अभिनय राई, विधान शर्मा लगायत 37 जनालाई सामेल गरिएको छ।
समितिले अन्य गाउँका इच्छुक युवाहरूलाई पनि यस समितिमा खुल्ला स्वागत गर्ने घोषणा गरेको छ।यसरी गठन गरिएको समितिले आगामी दिन बेरोजगार युवाहरूलाई एकताबद्ध गर्दै रोजगार तथा सामाजिक विकासका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाएको छ।
