नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया सुरु

नेपाली कांग्रेसले १५ महाधिवेशनको औपचारिक प्रक्रिया सुरु गरेको छ ।
पार्टी कार्यालय सानेपामा शनिबार बसेको बैठकमा पूर्वनिर्धारित तालिका अनुसार १५औं महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रम आयोजना गर्दै औपचारिक रूपमा महाधिवेशनको प्रक्रिया सुरु गरेको हो ।
यसअघि कांग्रेस केन्द्रीय कार्यसमितिले चैत २१ गतेदेखि महाधिवेशन प्रक्रिया सुरु गर्ने गरि कार्यतालिका पारित गरेको थियो ।
महाधिवेशनको तयारीसँगै सांगठनिक विषय, नागरिकसँग निर्वाचनको समीक्षा र सामाजिक गतिविधिहरूलाई समेत एकैसाथ जोडेर अघि बढाउनका लागि प्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको महामन्त्री प्रदीप पौडेलले बताए ।
७७ वटै जिल्लामा खटिएका प्रतिनिधिहरुले आगामी वैशाख महिनाभरी सम्बन्धित जिल्लामा पार्टीको सदस्यता वितरण अभियानलाई व्यवस्थित गर्ने र पुराना सदस्यतालाई अद्यावधिक गर्ने उनले जानकारी दिए ।
पौडेलले वैशाख महिनाभित्र सदस्यता अद्यावधिक गर्दा कांग्रेस आइडी प्राप्त हुने स्थिति बनाएको र आइडी प्राप्त नभएका व्यक्ति आगामी महाधिवेशनमा सहभागी हुन नसक्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *