एजेन्सी: काठमाडौं। नेपालले आईसीसी यू-१९ टी-२० विश्वकपको एसियाली छनोटमा लगातार दोस्रो जित हात पारेको छ। बिहीबार भएको खेलमा नेपालले कुवेतलाई एक सय ८ रनले पराजित गर्यो।
एक सय ३१ रनको लक्ष्य पाएको कुवेतले २२ रन मात्र जोड्न सक्यो। कुवेत १३ ओभरमा अलआउट भएको थियो।
नेपालकी रचनाकुमारी चौधरी र सिमा केसीले २/२ विकेट लिए। कुवेतका ६ जना ब्याटरले खाता खोल्न सकेनन्।
यसअघि पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले हराएको थियो।
कुवेतविरुद्ध ब्याटिङमा नेपालका पुजा महतोले ३४, साना प्रभिनले २५ र ज्योत्सिन्का मरासिनीले २३ रन जोडेका थिए।
You may also like
-
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि
-
भुर्तेलको ‘अलराउन्ड शो’ मा मधेशविरुद्ध नेपाल पुलिसको इनिङ जित
-
हङकङ यू- १९ विरुद्ध ३ म्याचको सिरिज नेपालद्वारा क्लीन स्वीप
-
कर्णालीमाथि रोमाञ्चक जित निकाल्दै जनकपुर एनपीएलको फाइनलमा
-
विनोद भण्डारीले बनाए अर्धशतक, जिततर्फ लम्कियो सुदूरपश्चिम