नेकपाले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने

काठमाडौँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको केन्द्रीय संयोजन समिति बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
‘पार्टीले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । कात्तिक ७ गते वृहत् पत्रकार सम्मेलन गरी उद्घाटन गर्नेछौँ । मङ्सिर २५ गतेसम्म अभियान सञ्चालन हुनेछ’, बैठकपछि प्रवक्ता प्रकाश ज्वालाले भने ।
उनका अनुसार जागरण अभियानको कार्यविधि बैठकले पारित गरेको छ । यसको मुख्य महत्त्व महाधिवेशनको तयारी गर्ने उनले बताए । अभियानको बिचमा सदस्यता नवीकरण गर्ने, सङ्गठन विस्तार गर्ने, सङ्गठन सुदृढीकरणको काम गर्ने ज्वालाको भनाइ छ ।
जनपरिचालन, भेला गर्ने, सरकारले गरेका गलत काम विरुद्ध खबरदारी गर्ने उनले बताए । ‘सरकारका गलत क्रियाकलाप विरुद्ध, फासिस्ट विरुद्ध खबरदारी गर्छौँ’, ज्वालाले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *