राष्ट्रिय राजमार्ग 10 आज राति 12 बजीसम्म बन्द

राष्ट्रिय राजमार्ग 10 (एनएच-10) मा वाहनहरूको आवतजावत अस्थायी रूपले बन्द गर्ने निर्णय नेशनल हाइवे एण्ड इन्फ्राष्ट्रक्चर डेभलपमेण्ट कर्पोरेशन लिमिटेडले लिएको छ। यात्री तथा वाहन चालकहरूको सुरक्षालाई ध्यानमा राख्दै 21 अगस्त दिउँसो 12 बजीदेखि राति 12 बजीसम्म सेवकदेखि रम्फू (52.1 किमी) सम्म वाहनहरूको सम्पूर्ण आवतजावत पूर्ण रूपले बन्द रहनेछ।
फेरि बन्द भयो बङ्गाल–सिक्किम लाइफ लाइन! एनएच- 10 मा यातायात 12 घण्टाका लागि बन्द हुनेछ। 27 अनि 29 माइलमा पैह्रोका कारण राजमार्ग साँघुरो बनेको छ।

उक्त क्षेत्रमा वाहनहरूको एकतर्फी आवतजावत भइरहे पनि यो निकै जोखिमपूर्ण थियो। फेरि 29 माइलमा माथिबाट ठूल्ठूला रूखहरू कुनै पनि समय लड्न सक्ने सम्भावना रहेको बताइएको छ। त्यसैले मरम्मतीका लागि एनएचआईडीसीएल अधिकारीहरूले निर्देशन जारी गरेका छन्। राष्ट्रिय राजमार्ग 10 मा लामो लाइनमा वाहनहरू रोकिएका छन्। बाटोमै अल्झिएका यात्री तथा पर्यटकहरूले चरम समस्या भोग्नु परिरहेका छन्।

यस अवधिमा कोरोनेशन पुलदेखि चित्रे (30 किमी) सम्म र सेवोकदेखि रम्फूसम्म साना–ठूला सबै किसिमका वाहनहरू सड़कमा चल्न पाउने छैनन्। जिल्ला प्रशासनको तर्फबाट ट्राफिक नियन्त्रण र वैकल्पिक मार्गको व्यवस्था गरिने जनाइएको छ। एनएचआईडीसीएलको तर्फबाट जनाइएअनुसार सुरक्षालाई ध्यानमा राखेर नै यो कदम चालिएको हो। आवश्यक व्यवस्था मिलाउन स्थानीय प्रशासन र पुलिसलाई अनुरोध गरिएको छ। आजको यस निर्णयले दार्जीलिङ, कालेबुङ, सिक्किमतर्फ जाने यात्री तथा चालकहरूलाई थप असुविधा हुन सक्छ। प्रशासनले यात्रीहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्ने सल्लाह दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *