पेरिसडाँडामा माओवादीको पदाधिकारी बैठक

एजेन्सी: नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बैठक अहिले जारी रहेको प्रचण्ड सचिवालयले जनाएको छ।

बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, फेरि सुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को नेतृत्व चयन, नेताहरूको कार्य विभाजन लगायतको विषयमा छलफल चलिरहेको छ।

यस्तै, बैठकमा पार्टी उपमहासचिव जनार्दन शर्माका पछिल्ला अभिव्यक्तिबारे पनि छलफल हुनेछ। प्रचण्ड र शर्माबीच पछिल्लो समय सार्वजनिक रूपमै अन्तरसंघर्ष चलिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *