बाँकुड़ाका तृणमूल नेताको हत्याका मुख्य आरोपी सिलगढ़ीबाट पक्राउ

बाँकुड़ाका तृणमूल नेता सिकन्दर खानको हत्या घटनामा लामो समयदेखि भागेपछि अन्ततः मुख्य आरोपी पक्राउ परेको छ। सिलगढ़ी पुलिस कमिश्नरेटले न्यू टाउन जलपाइगढ़ी (एनजेपी) थानाको टोलीमार्फत मङ्गलवार राति फूलबारी क्षेत्रबाट आरोपीलाई नियन्त्रणमा लिएको हो।
पुलिस सूत्रअनुसार, गुप्त जानकारीको आधारमा एनजेपी थानाको विशेष टोलीले अपरेशन चलाएर आरोपीलाई पक्राउ गरेको हो। हत्या घटनामा धेरै व्यक्तिहरूको नाम जोड़िए पनि मुख्य आरोपी यति बेलासम्म लुकेर बसेको थियो। अन्ततः सिलगढ़ीबाट तिनलाई पक्राउ गर्न पुलिसले सफलता पाएको छ।
बुधवार पक्राउ परेका आरोपीलाई जलपाइगढ़ी न्यायालयमा प्रस्तुत गरिएको छ। त्यसपछि ट्राञ्जिट रिमाण्डमा लिएर तिनलाई बाँकुड़ा लगिएको छ। उक्त हत्या प्रकरणमा अरू कोही संलग्न छ वा छैन भनेर पुलिसले जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *