हात्ती झुण्डअघि नै कुम्भकर्ण निन्द्रामा युवक

त्यो बेला मध्य रातको 12 बजेको थियो। अघि नै सूचना पाएर जलदापाड़ा राष्ट्रिय निकुञ्जको मदारीहाट रेञ्जका वनकर्मीहरूले हात्तीको झुण्डलाई जङ्गलतिर धपाउन प्रयास गरिरहेका थिए। हात्ती धपाउन लगातार पटेका पड्काइँदै थियो। कसै–कसैले त फेरि बन्दुक पन हात्तीको झुण्डतिर तेर्स्याइरहेका थिए। शक्तिशाली सर्चलाइटको उज्यालो पनि हात्तीको झुण्डमाथि लगाइएको थियो।अचानक वनकर्मीहरूको नजर जामतलाको छेउमा तिती नदीको किनारमाथि पऱ्यो।

त्यहाँ एकजना युवक लड़िरहेका थिए। छेउमा झालमुरीको टिन र डब्बा देखेर सजिलै बुझिन्थ्यो कि युवक झालामुरी बेच्छन्। नजिक पुग्दा वनकर्मीहरूले देखे कि युवक मदको नशामा धुत भएर गहिरो निद्रामा छ। उता पटेकाको आवाज, तेज सर्चलाइटको उज्यालोले हात्तीको झुण्ड क्रोधित बन्दै गइरहेको थियो।बिपद बुझेर वनकर्मीहरूले उक्त युवकलाई उठाउने प्रयास गरे। तर कुम्भकर्ण निद्रामा रहेका युवक पटक्कै उठेन। अन्ततः बाध्य भएर वनकर्मीहरूले युवकलाई हात र खुट्टामा पक्री उठाएर त्यहाँबाट टाढ़ा लैजाने क्रममा युवकको निद्रा खुल्यो। तिनको नाम हो सलीम अन्सारी। मदारीहाटअन्तर्गत पूर्व खयेरबारीको खरिया बस्तीमा तिनको घर छ।

मङ्गलवार बेलुकी हण्टापाड़ाको खेल मैदानमा फूटबल खेलमा झालमुरी बेचिसकेपछि मदपान गरेर नदीको किनारमाथि युवक सुतिरहेका थिए। तिनलाई गाड़ीमा चढ़ाएर वनकर्मीहरूले घर पुर्यादइदिए। डुवर्सका विभिन्न ठाउँमा जङ्गली हात्तीको आक्रमणमा धेरै मातेका मानिसहरूको मृत्यु हुन्छ वा घाइते बन्छन्। त्यसैले जलदापाड़ा वन डिभिजनले तीन महीनाअघि नै हात्ती आउने क्षेत्रमा मातेका व्यक्ति भेटिए तुरुन्तै उद्धार गरी घर पुर्यािउने निर्णय गरेको थियो। सलीम अन्सारीको मामिलामा पनि मङ्गलवार त्यस्तै गरियो। सलीमका पिता गियासुद्दीन अन्सारीले भने, छोरामा नशा गर्ने नराम्रो बानी छ। धेरै रातिसम्म घर नफर्कँदा म धेरै चिन्तित थिएँ। वन विभागलाई धन्यवाद दिन्छु। सलीमकी पत्नी कमरुन्नेसाले पनि वन विभागलाई धन्यवाद दिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *