काठमाडौं महानगरपालिकाले नेपाली फुटबल खेलाडी सावित्रा भण्डारी (साम्बा) को म्युरल बनाएको छ। महानगरपालिकाले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा कोटेश्वरको सरस्वती पार्कमा साम्बा म्युरल बनाएको छ। शहरको सौन्दर्यीकरण अभियानअन्तर्गत भित्तिचित्र निर्माण गरिएको महानगरपालिकाले जनाएको छ। साम्बासँगै स्वर्गीय फुटबलर मणि शाहको म्युरल पनि बनाइएको छ। साथै माइतीघर, बबरमहल, मीन भवन, बानेश्वर लैनचौरमा पनि यस्ता भित्तिचित्र बनाइने महानगरपालिकाले जनाएको छ।
You may also like
-
ग्वार खोला प्राचीन ‘गणेश गङ्गा’ संरक्षण अभियानमा २ युवा
-
हुम्लाको डाँडाफयामा भालुको आतङ्क, नियन्त्रणमा नलिए जनधनको क्षति हुनसक्ने सम्भावना
-
विपत्तिको कहर: १९ जिल्लामा मानवीय क्षति
-
पेट्रोलियम पाइपलाइनबाट साढे ६ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी बचत
-
जोखिमयुक्त मानिसहरुको रक्षाका लागि कोशी प्रदेश स्तरीय मानवअधिकार सहायता कक्ष गठन
