एजेन्सी: भाइरल झाँक्री प्रकाश भुजेलले एक म्यानपावर व्यवसायीलाई अपहरण गरेर कुटपिट गरेपछि व्यवसायी पक्षधरले उनको कार्यालय तोडफोड गरेका छन्
प्रहरी वृत्त, गोकर्णका अनुसार नारायणटारमा रहेको झाँक्री तथा तान्त्रिक संघको कार्यालय तोडफोड गरिएको हो । उक्त संघका अध्यक्ष भुजेल नै हुन् । उनले शुक्रवार बेलुकी एक म्यानपावर व्यवसायीलाई अपहरण गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाहिर पुर्याएर कुटपिट गरेपछि व्यवसायी पक्षीय समूह आक्रोशित भएर त्यहाँ पुगेको प्रहरीले जनाएको छ । कुटपिट गरिएका व्यवसायी गल्फ म्यानेजमेन्ट प्रालीका सञ्चालक हुन् ।
कार्यालय घेराउ हुनासाथ उनी भागेर काँडाघारीतिर गएको भन्दै व्यवसायी पक्षले संघको कार्यालय तोडफोड गरेको हो । भुजेल काँडाघारीमा लुकेको र उनलाई आफूहरूको अगाडि उपस्थित गराउनुपर्ने भन्दै व्यवसायी पक्षले अहिले काँडाघारीस्थित प्रहरी प्रभागलाई घेरा हालेको छ । सत्यतथ्य बुझेर व्यवसायी र भुजेलबीच मध्यस्थता गराउने प्रयास भएको प्रहरीले जनाएको छ ।
You may also like
-
काठमाडौंमा मनाइयो चिनियाँ पर्यटन दिवस
-
नेपालको वसन्त पर्वतारोहण सिजनका लागि १,१८१ विदेशी पर्वतारोहीले अनुमति प्राप्त गरे
-
आगामी बजेटबारे विशेषज्ञसँग परामर्श गर्न वित्त समिति
-
आईसीसी विश्वकप लिग: यूएसए सबै आउट १९५
-
स्वास्थ्य सेवा कानून सम्मेलनले स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय प्रदान गर्ने कानूनमा जोड दिन्छ
