मनसुनी वायुको प्रभाव हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही क्षेत्रमा महसुस भइरहेको छ। लुम्बिनी प्रदेशको पूर्वी भागको मौसम तुलनात्मक रूपमा राम्रो छ। देशको पश्चिमी भागमा पनि पश्चिमी र स्थानीय वायुको प्रभाव कम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आजको मौसम आंशिक बदली र प्रायः बादल लाग्ने अनुमान गरिएको छ, प्रत्येक प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा, मेघगर्जन र चट्याङ पर्ने अनुमान गरिएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारीदेखि अत्यधिक वर्षा हुने अनुमान गरिएको छ। यी प्रदेशका उच्च पहाड र हिमालका केही क्षेत्रमा हिमपात हुने अनुमान गरिएको छ। लुम्बिनी प्रदेशमा पनि केही स्थानमा उल्लेखनीय वर्षा हुने अनुमान गरिएको छ।
You may also like
-
वीरगञ्ज नाकाबाट दुई खर्ब १८ अर्बको आयात, २६ अर्ब ५९ करोडको निर्यात
-
ग्वार खोला प्राचीन ‘गणेश गङ्गा’ संरक्षण अभियानमा २ युवा
-
हुम्लाको डाँडाफयामा भालुको आतङ्क, नियन्त्रणमा नलिए जनधनको क्षति हुनसक्ने सम्भावना
-
विपत्तिको कहर: १९ जिल्लामा मानवीय क्षति
-
पेट्रोलियम पाइपलाइनबाट साढे ६ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी बचत
