‘अवैध प्रेमी’ को ब्ल्याकमेलले निमोठियो एक जीवन


एजेन्सी:  गत साउन ९ गते हेटौंडा–८, कमानेकी एक युवतीले विष खाइन् । उनले झार मार्ने विष सेवन गरेकाे पछि खुल्याे

विषले खानेवित्तिकै राम्ररी काम गरेन । तर विस्तारै विष शरीरभरि फैलियो । तीन दिनपछि अति नै पेट दुख्यो । अनि उनले आफ्नो एकजना साथीलाई यस्ताे विवरण सुनाइन्–

‘एकजनाले मलाई तिम्राे र मेराे भिडियो  बाहिर ल्याइदिन्छु भनेर फेसबुकमा धम्काएको छ । मर्नु न बाँच्नु भयाे । यही झोकमा मैले विष खाएँ । पेट पोलिरहेकाे छ ।

यस्तो गम्भीर प्रकृतिको घटनालाई पनि उनका साथीले भने सामान्य लिए । सायद विष खाएकाे कुरा पत्यार लागेन उनलाई ।

तीन दिनपछि विष पिउने युवती, उनै धम्क्याउने पुरुष र युवतीका भाइ चितवनस्थित अस्पताल पुगे । अस्पतालमा चिकित्सकले भने, ‘यस्तो कुरा लुकाएर किन राख्नु भयो ? तपाईंले विषय पिउनु भएको छ र विषले तपाईंको फोक्सोबाहेक सबैतिर असर गरेकाले अब कुनै उपचार छैन ।’

युवतीका भाइले दिदीसँग विलाैना गरे, ‘तिमीले यो के गर्याै दिदी ? के पुगेको थिएन ? कसले के तनाव दियो र यसो गर्यौ ?’

दिदीले भनिन्, ‘यो सबै यही सुरज कार्कीका कारण भएको हो । यसले सपना भन्ने फेसबुक आइडीबाट मलाई ब्ल्याकमेल गर्यो । भिडियो बाहिर ल्याइदिन्छु भन्दै साढे ३ लाख रुपैयाँ पनि खायो । यसका कारण म जीवनमरणको दोसाँधमा पुगेर विष खाएँ ।’

पीडितका भाइले त्यहीँ सुरजलाई तत्कालै दुई–तीन चड्कन लगाए । यो अकल्पनीय, अक्षम्य अपराध थियो । मृतक युवती विवाहित हुन् । एक हिसाबले उनीहरु हाडनातासम्म जोडिएका नातेदार थिए । अस्पतालबाट भागेका सुरज अहिलेसम्म फरार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *