हर्क साम्पाङको पार्टीमा ५ पदाधिकारी, केन्द्रीय समितिमा २३ जना


एजेन्सी:  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रस्ताव गरेको श्रम संस्कृति पार्टीमा ५ सदस्यीय पदाधिकारी रहेको पाइएको छ ।

उनले दशैँअघि नै (असोज ७ मा) निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिइसकेका छन् । हर्कले आफ्नो पार्टीको चुनाव चिन्ह ‘माटोको ढिस्को’ प्रस्ताव गरेका छन् ।

निर्वाचन आयोग उच्च स्रोतका अनुसार साम्पाङले प्रस्ताव गरेको श्रम संस्कृति पार्टीमा ५ सदस्यीय पदाधिकारी प्रस्ताव गरिएको छ । जसमा उनी आफैँ अध्यक्ष छन् । उपाध्यक्षमा राजकुमार तामाङ लामा (देवराज), महासचिवमा आरेन राई, कोषाध्यक्षमा समिता राई र प्रवक्तामा अरुण गुरुङ राखिएको छ । उनको पार्टीमा २३ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएको छ

यस्तै यही असोज ९ गते नै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्रराज भण्डारीले पनि ‘नेपाल नागरिक पार्टी’ दर्ताका लागि निवेदन दिएका छन् । उनी आफैँ संयोजक रहेको उक्त पार्टीमा सह-संयोजक सञ्जय खतिवडा र डा. प्रकाश पौडेल गरी ३ सदस्यीय पदाधिकारी प्रस्ताव गरिएको छ । केन्द्रीय सदस्यको सूचीमा पूर्वजनमुक्ति सेनाका लडाकु लेलिन विष्टसहित ४४ जना प्रस्तावित छन् ।

भण्डारी संयोजक रहने गरी प्रस्तावित दलमा संयोजकको अधिकारमा जेनजीलाई पार्टीमा आवद्ध गराउन पहल तथा नेतृत्व गर्ने प्रस्ताव गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *