लागू ओैषधीविरुद्ध मिरिक पुलिसको सक्रिय अभियान जारी रहेको छ। लागू ओैषधीविरुद्ध मिरिक महकुमाका एसडीपीओ बिनोद कुमार मिना अनि मिरिक थाना प्रभारी सुदीप कुमार विश्वासको नेतृत्वमा चलाइएको विशेष अभियानमा मिरिक महकुमा क्षेत्रमा लागू औषधी सम्बन्धी गतिविधिमा संलग्न चारजनालाई पक्राउ गरिएको छ।
मिरिक थाना प्रभारी सुदीप कुमार विश्वासले यस पक्राउबारे जानकारी गराएका हुन्। पक्राउ परेका व्यक्तिहरूलाई अघिल्लो कारवाहीका लागि मिरिकको न्यायालयमा पठाइएको पनि मिरिक थाना प्रभारी सुदीप कुमार विश्वासले बताएका छन्। मिरिकमा लागू औषधी दुरुपयोग नियन्त्रण गर्न र सार्वजनिक सुरक्षा सुनिश्चित गर्न मिरिक पुलिसले यस्तो कारवाही गरेको हो।
मिरिक पुलिसले लागू औषधी ओसारपसारमा संलग्न व्यक्तिहरूलाई पहिचान गर्न अनि यस कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न अथक प्रयास गरिरहेको छ। यसभन्दा अघि पनि यस्ता गतिविधिमा संलग्न धेरैजना व्यक्तिलाई पक्राउ गरिसकेको छ। मिरिक पुलिसको यस अभियानको सबैले प्रशंसा गरिरहेको छ।
