राजगञ्जमा दुईवटा पुल निर्माणको शिलान्यास

लामो समयदेखि उठिरहेको मागलाई पूरा गर्दै विधायक खगेश्वर रायले दुईवटा पुलको शिलान्यास गरेका छन्। आज विधायकले राजगञ्जको शिकारपुर ग्राम पञ्चायतअन्तर्गत बेलाकोवाको साहेबबारीमा एक महत्त्वपूर्ण पुलको शिलान्यास गरे। पश्चिम बङ्गाल ग्रामीण सड़क विकास प्राधिकरणको कोषबाट 10 करोड़ 42 लाख रुपियाँको लागतमा निर्माण हुन लागेको पुलको तिनले शिलान्यास गरेका हुन्।

त्यसरी नै विधायकले यही ग्राम पञ्चायतको हसुआपाड़ा गाउँमा अर्को पुलको पनि शिलान्यास गरेका छन्। चवाई नदीमा निर्माण हुने उक्त पुलको निर्माणमा लगभग 7 करोड़ 41 लाख रुपियाँ खर्च हुनेछ। यदि यी दुई पुल निर्माण भए क्षेत्रको यातायात व्यवस्थामा सुधार हुनेछ अनि स्थानीय वासिन्दाहरूलाई यात्रा गर्न सहज हुनेछ।
यस अवसरमा जलपाइगढ़ी जिल्ला परिषदका कर्माध्यक्ष रणबीर मजुमदार, राजगञ्ज पञ्चायत समितिकी अध्यक्ष रूपाली दे सरकार, शिकारपुर ग्राम पञ्चायतकी प्रधान प्रभा कुजुर, पानीकोरी ग्राम पञ्चायतकी प्रधान पापिया सरकार, नारायण बसाकसहित रजनीकान्त राय उपस्थित थिए। यस सम्बन्धमा राजगञ्जका विधायक खगेश्वर रायले भने, क्षेत्रका यी दुवै पुल लामो समयदेखि जीर्ण अवस्थामा थिए। पुलको अवस्था सोचनीय भएकाले भारी वाहनहरूको आवागमनमाथि प्रतिबन्ध लगाइएको थियो। यसकारण स्थानीय वासिन्दाहरूलाई आवतजावत गर्न कठिनाइ भयो। गाउँका मानिसहरूको समस्यालाई ध्यानमा राखेर आज यी दुई पुलको शिलान्यास गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *