प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौं र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूबिच भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार संयुक्त भेटवार्ता र संवाद भएको हो ।
यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गरेका थिए।
त्यस अवसरमा प्रधानमन्त्री बालेनले संयुक्त भेटवार्ता गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । भेटमा परराष्ट्रमन्त्री शिशिर खनाल, शिक्षामन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलसँगै उच्च अधिकारीको उपस्थिति थियो
You may also like
-
परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट
-
महँगी र कालोबजारी नियमन्त्रण गर्न सरकार असफल : कांग्रेस सासद केसी
-
स्तन क्यान्सर सचेतनाका लागि पिंकवाक’ हुँदै
-
प्रधानमन्त्री शाह र अमेरिकको कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता
-
संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर राख्न कांग्रेसको आग्रह
