जिल्ला प्रशासन कार्यालय धनुषाले ३ वटा पालिकामा कर्फ्यु आदेश जारी गरेको छ ।
जनकपुर उपमहानगरपालिकाका सबै वडा, लक्ष्मीनिया गाउँपालिका र नगराइन नगरपालिकामा कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए ।
बिहीबार दिउँसो ३:३० बजेदेखि अर्को आदेश जारी नहुन्जेलसम्मको लागि कर्फ्यु आदेश जारी गरिएको छ ।
सुनसरी घटनालाई लिएर जनकपुर र आसपासको क्षेत्रमा बिहीबार बिहानैदेखि प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यु आदेश जारी गरेको हो ।
उत्तर- लक्ष्मीनिया हाटबजार चोक (लक्ष्मीनिया-७) हुँदै पश्चिम सिनुरजोडा चोकसम्म पूर्वमा लक्ष्मीपुर बगेवासम्म ।
पुर्व- बेलौनी रोड-एम.क्यू. स्टीलबाट ५०० मिटर पूर्व पेट्रोल पम्प हुलाकी सडकदेखि राष्ट्रिय प्राथमिक विद्यालयसम्म ।
दक्षिण- नगराईन नगरपालिकादेखि नगराईन चोकसम्म ।
पश्चिम- सिनुरजोडा-सोहनी-मनिमण्डप-नेपाल नर्सरी-इस्कोन जनकपुर-दुधमती पुल, बेला, कादरी मस्जिद ।
You may also like
-
परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट
-
महँगी र कालोबजारी नियमन्त्रण गर्न सरकार असफल : कांग्रेस सासद केसी
-
स्तन क्यान्सर सचेतनाका लागि पिंकवाक’ हुँदै
-
प्रधानमन्त्री शाह र अमेरिकको कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता
-
संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर राख्न कांग्रेसको आग्रह
