काम गरेर पनि दाम नपाएको गुनासो

मिरिक पहिला गाउँ स्कूल डाँड़ा ग्राम पञ्चायत दुई थर्बु नन्दुलाल गाउँमा गत पाँच महीनादेखि सड़क निर्माणको काम भइरहेको छ। तर निर्माण कार्यको जिम्मा लिएको शक्ति कन्ट्रक्शनले अहिलेसम्म मजदुरी गर्ने युवाहरूलाई पारिश्रमिक नदिएको गुनासो अघि आएको छ। यस विषयमा युवाहरूले एक भिडियो जारी गर्दै आफ्नो गुनासो सार्वजनिक गरेका छन्।
तिनीहरूअनुसार लामो समयदेखि कठोर परिश्रम गरे पनि ज्याला नपाउँदा जीवन यापनमा समस्या भएको छ। काम गरेर पनि ज्याला नपाएका युवाहरूको पक्षमा बोल्दै प्रणय राईले भने, गाँउमा लामो समयपछि सड़क निर्माण हुने भएपछि आफ्नै गाँउमा आएको सड़कलाई व्यवस्थित बनाउन सकियोस् भन्ने हाम्रो इच्छा थियो। त्यसैले अन्य ठाउँ मजदुरी गर्न नगएर गाँउमै काम गरेका हौँ। तर काम गरे पनि हालसम्म ज्याला पाएका छैनौँ।
सड़क निर्माण कार्यमा लागेका युवाहरूलाई आर्थिक समस्या धेरै भइरहेको बताउँदै यस विषयमा सम्बन्धित व्यक्तिहरूसित कुराकानी गर्दा पनि परिश्रमको मोल नदिइएको राईले गुनासो गरे। यस विषयमा सम्बन्धित निकायले ध्यान दिएर युवाहरूलाई ज्याला उपलब्ध गराइदिने तिनले अनुरोध गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *