हेटौंडा र काठमाडौँ बीच चल्ने कान्ति राजमार्ग असार ४ गतेदेखि चार दिनका लागि पूर्ण रूपमा बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले कान्ति राजमार्गको बगुवामा रहेको बागमती नदीमाथिको बेली ब्रिज मर्मत नभएसम्म चार दिनका लागि बन्द गर्ने घोषणा गरेको छ।
मकवानपुर जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कडेलले असार ४ गतेदेखि असार ७ गतेसम्म यो रुट पूर्ण रूपमा बन्द हुने सूचना जारी गरेका छन्। हेटौंडाबाट काठमाडौँ र काठमाडौँबाट हेटौंडा जाने सवारी साधनहरूलाई यस समयमा फरक-फरक रुट प्रयोग गर्न आग्रह गरिएको छ।
You may also like
-
हुम्लाको डाँडाफयामा भालुको आतङ्क, नियन्त्रणमा नलिए जनधनको क्षति हुनसक्ने सम्भावना
-
विपत्तिको कहर: १९ जिल्लामा मानवीय क्षति
-
पेट्रोलियम पाइपलाइनबाट साढे ६ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी बचत
-
जोखिमयुक्त मानिसहरुको रक्षाका लागि कोशी प्रदेश स्तरीय मानवअधिकार सहायता कक्ष गठन
-
यति धेरै जनधनको क्षति हुँदा पनि ओलीमा कुनै पश्चाताप छैन : प्रचण्ड
