मिरिकखण्ड विकास कार्यालय अनि मिरिक महकुमा कार्यालयको निर्देशमा सौरेनी ग्राम पञ्चायत एक अनि दुईको फुवागढ़ी उच्चत्तर माध्यमिक विद्यालयमा संयुक्त शिविर आयोजना गरिएको छ। शिविरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई राज्य अनि केन्द्र सरकारबाट उपलब्ध गराइने विभिन्न छात्रवृत्ति योजनाका लागि आवश्यक कागजपत्र जस्तै रेसिडेन्शियल सर्टिफिकेट, इनकम सर्टिफसकेट, डिजिटल बर्थ सर्टिफिकेट आदि वितरण गर्ने कार्य गरियो। धेरैजना विद्यार्थीहरूको हातमा मोबाइल फोन नहुँदा डिजिटल सर्टिफिकेट साथै रेसिडेन्शियल सर्टिफिकेट बनाउन समस्या भएको सौरेनी ग्राम पञ्चायत एककी प्रधान अनिता राईले बताइन्।
