प्रजापिता ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालय मिरिकले स्थपनाकालदेखि नै मानिसहरूलाई आध्यात्मिक ज्ञान प्रदानसितै स्वास्थ, शिक्षा अनि समाज हितमा धेरै कार्य गर्दै आइरहेको छ। मिरिकमा प्रभारी पुर्णिमा छेत्री, सह प्रभारीहरू विमला गिरी, सङ्गीता छेत्री, व्रह्मकुमार दुर्गा प्रसाद शर्मा नेतृत्वमा प्रजापिता ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयको कुशल सञ्चालन भइरहेको छ भने यहाँ समाजका प्रत्येक वर्गका मानिसहरूले आध्यात्मिक ज्ञान लिइरहेका छन्। विद्यालयका सञ्चालकहरूको भनाइअनुसार विद्यालयमा जो कोही आएर आध्यात्मिक ज्ञान लिन सक्नेछन्। विद्यालयका व्रह्मकुमार दुर्गा प्रसाद शर्माले विद्यालयले स्वास्थ जाँच, रक्तदान शिविरहरू पनि नियमित अन्तरालमा आयोजना गर्दै आइरहेको छ। यसै क्रममा शनिवार कृष्णनगर क्लबमा रक्तदान शिविर आयोजना गरिएको थियो।
राजयोगनी दादी प्रकाशमणिजीको 18 औँ पुण्यतिथिको अवसरमा गरिएको यो रक्तदान शिविर आयोजन गरिएको थियो। शिविरमा सङ्ग्रह गरिएको रगत खरसाङ ब्लड ब्याङ्कलाई सुपुर्द गरिएको दुर्गा प्रसाद शर्माले बताए। अर्पणा पाख्रीनले सञ्चालन गरेकी कार्यक्रममा मुख्य अतिथिको रूपमा मिरिक नगरपालिका अध्यक्ष एलबी राई उपस्थित थिए। तिनले राजयोगनी दादी प्रकाशमणिजीको 18 औँ पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली अर्पण गरेपछि आरम्भ भएको कार्यक्रममा मिरिक पारिजात सङ्घका अध्यक्ष पुनम विश्व, आय लभ मिरिकका संस्थापक आशीष तामाङ, आईजीजेएफ मिरिक संयोजक प्रशान्त लामा, प्रजापिता व्रह्मकुमारी ईश्वरीय विश्व विद्यालय मिरिक प्रभारी पुर्णिमा छेत्री, सह प्रभारीहरू विमला गिरी, सङ्गीता छेत्री, व्रह्मकुमार दुर्गा प्रसाद शर्मा लगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू उपस्थित थिए।
भारत सरकार परिवार कल्याण मन्त्रालय अनि प्रजापिता व्रह्मकुमारी ईश्वरीय विश्व विद्यालय माउण्टआबुको समाज सेवा विभागद्वारा आयोजित विश्वव्यापी बृहत् रक्तदान कार्यक्रम अन्तर्गत मिरिक शाखाले पनि मिरिक कृष्णनगर क्लबमा रक्तदान शिविरको आयोजना गरेको व्रह्मकुमार दुर्गा प्रसाद शर्माले बताए। तिनले शिविरमा लगभग एक सयजनाले रक्तदान गरेका जानकारी गराँउदै रक्तदान गर्ने सम्पूर्णप्रति आभार प्रकट गरे।
