लुटिएका गोलीगठ्ठा फिर्ता गर्न र सुरक्षाकर्मीका पोशाक प्रयोग नगर्न सेनाको अनुरोध

एजेंसी: नेपाली सेनाले लुटिएकाे हातहतियार र गोलीगठ्ठा बुझाउन आग्रह गरेकाे छ।

सेनाले जेनजी आन्दोलनका क्रममा लुटिएको सुरक्षाकर्मीको हतियार, गोलीगठ्ठा तथा अन्य सुरक्षा सामग्री तत्काल नजिकैको सुरक्षा निकायलाई बुझाउन आग्रह गरेको हाे।

सेनाले मंगलबार जारी गरेर उक्त हातहतियार गाेलीगठ्ठा नबुझाइ कसैसँग फेला परेमा कडा कारबाही गर्ने चेतावनी समेत दिएकाे छ।

सुरक्षाकर्मी र प्रहरी कार्यालयबाट लुटिएकाे हतियार तथा गोलीगठ्ठाको दुरुपयोग भए जनधनको क्षति हुन सक्ने भन्दै संलग्न वा सोबारे जानकारी प्राप्त गर्ने व्यक्तिहरूले सम्बन्धित सुरक्षाकर्मीलाई जानकारी दिन र सामग्री बुझाउन आग्रह हाे ।

विज्ञप्तिमा भनिएको छ, ‘यस संवेदनशील परिस्थितिमा सुरक्षाकर्मीका पोशाकहरूको अनधिकृत प्रयोग नगर्न पनि अनुरोध गर्दछौँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *