सुनसरीको देवानगन्जमा दुई समूहबीच भएको झडप र त्यसक्रममा एक जनाको मृत्यु भएपछि शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न राजनीतिक दल, जनप्रतिनिधि तथा प्रशासनले सबै पक्षलाई अपिल गरेका छन् ।
घटनापछि देवानगन्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ भने गृह मन्त्रालयले घटनाको सत्यतथ्य छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ ।
उक्त घटनापछि शान्ति, सद्भाव र संयमता अपनाउन विभिन्न क्षेत्रमा अपिल जारी भइरहेको छ । सप्तरी प्रशासनले पनि आपसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न सबैमा आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गर्दै पछिल्लो समय अन्य जिल्लामा भएका घटनालाई लिएर सामाजिक सञ्जालमार्फत भ्रामक अफवाह फैलाउने, एकअर्काको धर्म, आस्था, संस्कृति वा समुदायप्रति लक्षित गरी घृणा फैलाउने, भाषण गर्ने र अमर्यादित टीका-टिप्पणी गरी सामाजिक सद्भावमा आँच आउनसक्ने खालका हुने गरेको गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। जिल्लामा आपसी सद्भाव, शान्ति, सुरक्षा र अमनचयन तथा बहुजातीय, बहुभाषिक र बहुधार्मिक विशेषता बोकेको सुन्दर पहिचानलाई कायम राख्ने सबैको साझा दायित्व रहेको सूचनामा उल्लेख गरिएको छ ।
‘जिल्लाभित्र विभिन्न जातजाति, भाषाभाषी, धर्म र सम्प्रदायका नागरिकबीच आपसी एकता, सद्भाव, सहिष्णुता र भ्रातृत्व कायम राख्न सम्पूर्ण नागरिक, धार्मिक गुरु, नागरिक समाज, बुद्धिजीवी, संचारकर्मीलगायत सबै सरोकारवाला समक्ष हार्दिक अपिल गर्दछौं,’ प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
You may also like
-
रोड पिक हिमपहिरो तीन नेपाली आरोहीको शव काठमाडौँ ल्याइयो
-
ग्यास अभावबारे संसद्मा सत्तारुढ दलकै सांसदको प्रश्न, शून्य समयमा कसले के भने ?
-
ग्यास अभावबारे संसद्मा सत्तारुढ दलकै सांसदको प्रश्न, शून्य समयमा कसले के भने ?
-
सरकारलाई रास्वपा सांसदको प्रश्न- ‘खाली सिलिन्डर बोकेर कहिलेसम्म लाइनमा बस्नुपर्ने हो ?’
-
सरकारी आदेशको कारण देखाउँदै काठमाडौँ विश्वविद्यालयद्वारा तिब्बतसम्बन्धी आइएटीएस सम्मेलन रद्द नेपाल सरकारको अस्वीकार
