कांग्रेसपछि एमालेको पार्टी कार्यालयमा शिक्षक महासंघकाे धर्ना

 
एजेन्सी: शिक्षक महासंघले नेकपा एमालेको पार्टी कार्यलयमा धर्ना दिएका छन्

पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज विहान ११ः०० बजे देखि दिउसो १ः०० बजेसम्म २ घण्टा नेकपा एमालेको कार्यालय च्यासलमा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको छ।

शिक्षक महासंघले हिजो नेपाली कांग्रेसको कार्यलयमा धर्ना दिएको थियो। त्यसै गरी २०८२ भाद्र १३ गते नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा पेरिस डाँडामा धर्ना हुने महासंघले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *