हाइड्रेन बन्द गर्ने प्रयासको आरोप

सरकारी हाइड्रेनलाई बन्द गरेर अवैध रूपमा नाली निर्माण भइरहेको थियो। यस विषयमा स्थानीय वासिन्दाहरूले आवाज उठाएका छन्। प्राप्त जानकारीअनुसार, सिलगढ़ीको इस्कन मन्दिर रोडको पाइप लाइन क्षेत्रमा एउटा बहुतल्ले भवन निर्माण भइरहेको छ। उक्त क्षेत्रमा 16 फिटको हाइड्रेन छ। निर्माण गर्ने संस्थाका मालिकले हाइड्रेनलाई बन्द गरेर सानो नाली बनाउने काम गरिरहेका आरोप छ। केही वर्षअघि पनि प्रमोटरले हाइड्रेनमाथि अवैध रूपमा ह्यूम पाइप राखेर स्ल्याब बनाउने प्रयास गरेका थिए। त्यो बेला स्थानीय वासिन्दाहरूले विरोध जनाएपछि एसजेडीए र नगर निगमले अवैध निर्माण तोड़िदिएका थिए। त्यसपछि फेरि नाली निर्माणको काम आरम्भ भएको थियो। आज इलाकावासीहरूले पञ्चायत सदस्य र जिल्ला परिषद सदस्यसित मिलेर नालीको अवैध निर्माणको विरोध गरे। यदि हाइड्रेनलाई सानो बनाइए क्षेत्रका सयौँ मानिसहरू वर्षाको समयमा पानीमा डुब्नेछन्। त्यसैले तिनीहरूले नालीको निर्माण रोक्ने माग गरेका छन्।
त्यहाँका बहुतल्ले भवन निर्माण कम्पनीका मालिक संन्दीप गोयलले भने, काम पूर्ण अनुमति लिएर भइरहेको छ। स्थानीय वासिन्दाहरू बारम्बार आएर काम रोकिरहेका छन्। तिनले अझ भने, यदि यसपल्ट पनि काम गर्न नदिए म कानूनी कदम चाल्नेछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *