नुवाकोटको पिपलटारमा बाढीपीडितहरूका लागि अस्थायी आवास निर्माण गरिएको छ। नेपाल ट्रेड युनियन महासंघ ९जिफन्ट०को सहयोग र सक्रियतामा बाढीपीडितहरूका लागि विदुर नगरपालिका(५ पिपलटार ठूलोगाउँमा आवास निर्माण गरिएको हो।
नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार एक कार्यक्रमका बीच नवनिर्मित आवास हस्तान्तरण गरे। उनले सरकारले बाढीले घरबारविहीन भएकाहरुरू पुर्नवासका लागि ढिलाइ गरिरहेको बताए।
अध्यक्ष ओलीले विपद् तथा जटिल अवस्थामा विशेषरूपमा सरकारका संयन्त्रहरू परिचालन हुनुपर्ने बताए। डेढ महिनामासमेत पुर्नस्थापनाको विषयमा कुनै निर्णय नआउनु दुःखद रहेको उनको भनाइ छ।
जाडोयाम सुरु भइसकेका कारण बाढी पीडितहरूलाइर्ए विशेषरूपमा पुर्नस्थापनाको कार्यक्रम ल्याउन तीनै तहको सरकार क्रियाशील हुनुपर्ने अध्यक्ष ओलीले बताए।
अध्यक्ष ओलीले जिफण्टले पहिलो चरणमा निर्माण गरेका १८ वटा अस्थायी आवास पीडित परिवारलाई हस्तान्तरण गरे। जिफण्टले अन्य थप १८ वटा अस्थायी आवाससमेत केही दिनमै तयार गर्ने जनाएको छ।
