इन्टरलोक्युटरसँगको भेटमा गोर्खाल्याण्डको माग, युवा अवसर र कलाकारको संरक्षणका विषय उठाए अनुप गदालले

भारत सरकारद्वारा गोर्खाहरूको समस्या समाधानका लागि नियुक्त इन्टरलोक्युटर तथा उहाँको टोलीसँगको भेटघाटमा अनुप गदालले गोर्खाल्याण्डको माग, पहाडमा भ्रष्टाचार तथा प्रशासनिक जवाफदेहिता, युवाहरूलाई नेतृत्वको अवसर र स्थानीय कलाकारहरूको संरक्षण एवं प्रोत्साहनका विषय उठाएका छन्।

भेटघाटका क्रममा उनले पहाडको पहिचान, विकास र भविष्य सुरक्षित राख्न ठोस पहल गर्नुपर्नेमा जोड दिएका छन्। साथै, युवाहरूलाई आश्वासनमा मात्र सीमित नराखी जिम्मेवारी र अवसर प्रदान गर्नुपर्ने तथा पहाडका कलाकारहरूको प्रतिभालाई उचित सम्मान र प्रोत्साहन दिनुपर्ने धारणा व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *