अमेरिकाले सशस्त्र प्रहरीलाई दियो फ्रिफ्लाई अल्टा एक्स कार्गो ड्रोन

काठमाडौँ अमेरिकाले रसुवा बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा सघाउन सशस्त्र प्रहरी बललाई व्यावसायिक कार्गो ड्रोन हस्तान्तरण गरेको छ।
अमेरिकी दूतावासका अनुसार मिसन उपप्रमुख स्कट अर्बम, सार्वजनिक मामिला प्रमुख माइक हार्कर र क्षेत्रीय सुरक्षा अधिकृत विल वगनले अमेरिकामा निर्मित फ्रिफ्लाई अल्टा एक्स जेन २ व्यावसायिक कार्गो ड्रोन हस्तान्तरण गरेका हुन्।
उक्त ड्रोनलाई सेभेन समिट ट्रेक्सले आमादब्लम हिमालमा सफल परीक्षण गरेको थियो। जहाँ ड्रोनले अक्सिजन सिलिन्डरहरु र पर्वतारोहणमा चाहिने सामग्री सफलतापूर्वक गन्तव्यमा पु¥याएको दूतावासले उल्लेख गरेको छ।
नेपालको अत्यन्त उचाइमा रहेको सगरमाथा क्षेत्रमा अमेरिकी प्रविधिले सफलतापूर्वक काम गरेको दूतावासको भनाइ छ।
अल्टा एक्स जेन२ कार्गो ड्रोन अमेरिकाले नेपालका बाढी प्रभावितलाई गरेको सहायताकै एक अंग भएको पनि दूतावासले उल्लेख गरेको

Leave a Reply

Your email address will not be published. Required fields are marked *