रास्वपा सभापति लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच फोन वार्ता

सत्तारुढ राष्ट्रिय स्वतनत्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र अमेरिकी विदेशमन्त्री मार्को रुबिओबीच फोन संवाद भएको छ ।
त्यस क्रममा विदेशमन्त्री रुबियोले भोटेकोशी बाढीपछिको विपद्को सामना गरिरहेको नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तयार रहेको बताएका थिए ।
उनले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरे । बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै रुबिओले समवेदना प्रकट गरेका छन् ।
कठिन परिस्थितिमा नेपाल सरकार र नेपाली जनताको साथमा अमेरिका रहेको उनको भनाइ थियो ।
जवाफमा लामिछानेले विपद्पछि उद्धार र राहतका लागि सरकारले आफ्नो सम्पूर्ण क्षमताका साथ काम गरिरहेको जानकारी गराएका थिए ।
प्रभावित क्षेत्रमा राज्यका संयन्त्र परिचालन गरेर उद्धार तथा राहत वितरणको काम अघि बढाइएको उनले बताए । त्यस क्रममा नेपालमा रहेका विदेशी नागरिकको सुरक्षाको विषय पनि उठेको थियो ।
लामिछानेले नेपाल भ्रमणमा आउने जुनसुकै देशका नागरिकको सुरक्षाका लागि नेपाल प्रतिबद्ध रहेको स्पष्ट गरे ।
बाढीपछि नेपालप्रति देखाएको चासो र सहयोगका लागि लामिछानेले अमेरिकी विदेशमन्त्री रुबिओलाई धन्यवाद दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *