जनकपुरधाम मधेश सरकार सरकारले नेपाल प्रहरीलाई १२ वटा गाडी प्रदान गरेको छ । प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले १२ वटा पिकअप जिप खरिद गरेर नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको हो ।
सोमबार गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले प्रहरीलाई ती गाडी हस्तान्तरण गरेका छन् ।
मधेश प्रदेशको शान्तिसुरक्षा चुस्त–दुरुस्त बनाउने उद्देश्यका साथ आठ जिल्ला प्रहरी कार्यालय र चार इलाका प्रहरी कार्यालयलाई ती गाडी उपलब्ध गराइएको मन्त्री महतोले जानकारी दिए ।
इलाका प्रहरी कार्यालयहरूमा चन्द्रपुर इलाका प्रहरी कार्यालय, गरुडा इलाका प्रहरी कार्यालय, गोडैता इलाका प्रहरी कार्यालय र गडहिया इलाका प्रहरी कार्यालयलाई ती सवारी साधन उपलब्ध गराइएको हो ।
हस्तान्तरण कार्यक्रममा मन्त्रालयका सचिव विन्देश्वरीप्रसाद लेखक, मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारीलगायतको उपस्थिति थियो ।
प्रदेश सरकारले प्रतिगाडी भ्याटसहित ३९ लाख ५ हजार रुपैयाँमा खरिद गरेको जनाएको छ ।
You may also like
-
राहुघाट जलविद्युत् आयोजनाको निर्माण सम्पन्न
-
नेपाल र भुटानपछि अब मौरिससलाई पनि भारतले इन्धन आपूर्ति गर्ने इन्डियन आयल र मौरिससबीच ५ वर्षे सम्झौता
-
अतिक्रमित जग्गामा बनेका संरचना हटाउन जनकपुरमा चल्यो डोजर
-
चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना
-
राष्ट्रिय परिचयपत्र सेवा अब शनिबार बाहेक सबै दिन दिइने
