काठमाण्डु विपक्षी दलहरूले संसद बैठकमा अवरोधलाई निरन्तरता दिने निर्णय गरेका छन् ।
संसदमा देखिएको अवरोध अन्त्य गर्ने प्रयासस्वरूप राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सोमबार सिंहदरबारमा सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी भए पनि संसदको अवरोध हटाउने विषयमा सहमति जुट्न सकेन ।
बैठकमा संसदको गतिरोध, समसामयिक राजनीतिक विषय तथा सहमतिका सम्भावनाबारे छलफल भएको छ । तर, विपक्षी दलहरूले आफ्ना माग सम्बोधन नभएसम्म संसद अवरोध जारी राख्ने अडान दोहोर्याएका छन् ।
उनीहरूले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद् बैठकमा आएर प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने अडान राखेका छन् ।
बैठकमा सत्तारुढ दलका नेताहरूले भारत भ्रमण र सीमा विवाद लगायतका विषयमा सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनालले बोल्ने प्रस्ताव राखेका थिए ।
तर,विपक्षी दलहरूले उक्त प्रस्ताव अस्वीकार गरेका थिए । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहले नै उक्त विषयमा संसद्मा जवाफ दिनुपर्ने माग राखेका छन् ।
You may also like
-
परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट
-
महँगी र कालोबजारी नियमन्त्रण गर्न सरकार असफल : कांग्रेस सासद केसी
-
स्तन क्यान्सर सचेतनाका लागि पिंकवाक’ हुँदै
-
प्रधानमन्त्री शाह र अमेरिकको कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता
-
संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर राख्न कांग्रेसको आग्रह
