सर्वोच्चको अन्तरिम आदेश-देउवा दम्पतीलाई पक्राउ नगर्नू

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।
सर्वोच्चका न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले देउवा दम्पतीलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिइसकेको छ। गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको उनीहरूमाथि आरोप छ।
जेनजी आन्दोलनका क्रममा देउवा र आरजुमाथि कुटपिट भएको थियो। सोही क्रममा बुढानिलकण्ठस्थित घरमा आगजनी हुँदा जलेका नोट भेटिएका थिए। त्यो विषय सार्वजनिक भएको थियो। त्यसपछि सम्पत्ति शुद्धीकरण विभागले देउवा निवार पुगेर मुचुल्का समेत उठाएको थियो। हाल देउवा दम्पती विदेशमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *