अमेरिकाका विदेश मन्त्रालयका दक्षिण तथा मध्यएसिया मामिलासम्बन्धी सहायकमन्त्री एसपल कपुरले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरेका छन् । भेटमा उनीहरूबीच नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउनेलगायत विषयमा छलफल भएको छ । साथै व्यापार तथा लगानी क्षेत्रमा थप ध्यान केन्द्रित गर्दै सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ । दुई पक्षीय भेटघाटमा नेपाल–अमेरिकाबिचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने र व्यापार तथा लगानीका क्षेत्रमा सहकार्य बढाउँदै आर्थिक सम्बन्धलाई थप फराकिलो बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले बताए । तीन दिनका लागि नेपाल भ्रमणमा सोमबार बिहान नेपाल आएका मन्त्री कपुरले सोमबार नै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाली उद्योगपतिहरुसँग छलफल गरेका थिए ।
You may also like
-
परराष्ट्रमन्त्री खनाल र इयुकी कार्यकारी उपाध्यक्ष रिबेराबीच भेटवार्ता
-
परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्क भेटवार्ता
-
भरतपुरका चोक चोकमा ट्राफिक लाइट राखिँदै
-
बाढीले क्षतिग्रस्त धादिङका ७ झोलुङ्गे पुलको पुनर्निर्माण गरिँदै
-
धनकुटामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु
