नेपालका प्रधानमन्त्री बालेन शाह बालेनलाई विश्व प्रतिष्ठित म्यागजिन टाइमको सन् २०२६ का १०० प्रभावशाली व्यक्तिहरूको सूचीमा परेका छन्। टाइम म्यागजिनले बुधबार सार्वजनिक गरेको सूचीमा प्रधानमन्त्री शाहलाई विश्वका शक्तिशाली व्यक्तिहरूको लिडर विधामा समावेश गरिएको छ। ३५ वर्षीय शाहलाई टाइमले दक्षिण एसियाली राजनीतिमा एउटा नयाँ लहर र नेपालको इतिहासकै कान्छा प्रधानमन्त्रीको रूपमा व्याख्या गरेको छ। टाइमका अनुसार बालेन शाहको उदयलाई केवल एक चुनावी जित मात्र नभई एउटा पपुलिस्ट युथक्वेक (.युवा विद्रोहको लहर)को संज्ञा दिएको छ। टाइम म्यागजिनका अनुसार बालेनको उदयले दक्षिण एसियामा वर्षौंदेखि जकडिएको वंशवादी राजनीतिलाई ठूलो धक्का दिएको छ। म्यागजिनले यसलाई संस्थापन पक्षलाई झस्काउने एउटा घटनाका रूपमा चित्रण गरेको छ।
You may also like
-
परराष्ट्रमन्त्री खनाल र इयुकी कार्यकारी उपाध्यक्ष रिबेराबीच भेटवार्ता
-
परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्क भेटवार्ता
-
भरतपुरका चोक चोकमा ट्राफिक लाइट राखिँदै
-
बाढीले क्षतिग्रस्त धादिङका ७ झोलुङ्गे पुलको पुनर्निर्माण गरिँदै
-
धनकुटामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु
