नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र परराष्ट्रमन्त्री शिशिर खनालबित भेटवार्ता भएको छ । भेटवार्तामा राजदूत श्रीवास्तवले परराष्ट्रमन्त्री नियुक्त भएकोमा भारतका विदेशमन्त्री एस. जयशंकरको शुभकामना सन्देश सुनाएका थिए । त्यस अवसरमा नेपाल–भारत सम्बन्ध र सहयोगसम्बन्धी विभिन्न विषयमा छलफल भएको छ । नयाँ सरकार गठन भएपछि भारतीय राजदूत श्रीवास्तवले गत बिहीबार अर्थमन्त्री स्वर्णिम वाग्लेसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।
