सरकारको महान्यायाधिवक्तामा कँडेल नियुक्त

सरकारको सफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. नारायणदत्त कँडेललाई नियुक्त गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम बागलुङका कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् । महान्यायाधिवक्ताले सरकारको कानुनी सल्लाहकारको रूपमा काम गर्छ। राष्ट्रपतिको कार्यालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सो नियुक्तिका बारेमा जानकारी दिएको हो नवनियुक्त महान्यायाधिवक्ता कँडेलको नियुक्ति आइतबार भएको हो। नेसनल युनिभर्सिटी अफ आयरल्यान्डबाट उनले पिस किपिङ अपरेशनमा स्नातकोत्तर गरेका छन्। उनले बेलायतको क्विन्स विश्वविद्यालयबाट कानुनमा विधावारिधि गरेका छन्।
कँडेल पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका वकिल थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *