एजेन्सी: नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संसदसँगै पार्टीहरू पनि विघटन भएको बताएका छन्। अब पुराना र नयाँ पार्टीहरूले पनि आन्दोलनको म्याण्डेट अनुसार पुनर्गठन गर्नुपर्ने बताएका छन्।
उनले भनेका छन्, ‘संसद् विघटनसंगै पुराना र नयाँ भनिएका पार्टीहरू पनि विघटनको दिशामा पुगेका छन्। अब आन्दोलनको म्याण्डेट र जनअपेक्षा अनुसार गम्भीर आत्म समीक्षासहित पुनर्गठन र पुनर्संरचनाको महाअभियान सुरु गरौँ।’
माओवादीमा यसअघि देखि नै शर्माले प्रचण्ड नेतृत्वमाथि प्रश्न उठाउँदै पुनर्गठनको माग गर्दै आएका थिए।
