एजेन्सी: दशैं, तिहार तथा छठ पर्वको अवसरमा भेस्पा – एप्रिलिया स्कुटरका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रा. लि.ले “डबल या तेब्बर बबाल” फेस्टिभ अफर सार्वजनिक गरेको छ
नेपालीहरूको महान पर्वलाई अझ रोचक र उत्साहपूर्ण बनाउन ल्याइएको यो अफर अन्तर्गत, भेस्पा वा एप्रिलिया स्कुटर खरिद गर्ने हरेक ग्राहकले आकर्षक स्क्र्याच कार्ड प्राप्त गर्नेछन् । कार्डमा दिइएको त्तच् कोड स्क्यान गरी स्क्र्याच मार्फत प्राप्त रकमलाई दोब्बर वा तेब्बर सम्म बढाउन सकिनेछ ।
यस अफर अन्तर्गत, हरेक हप्ताको लक्की ड्र मार्फत ग्राहकहरूले ४ रात ५ दिनको रोमाञ्चक थाइल्याण्ड भ्रमण जित्ने अवसर पाउनेछन्। त्यति मात्र नभई, अफरको बम्पर पुरस्कार स्वरूप एक भाग्यशाली ग्राहकले १० लाख नगद जित्ने विशेष अवसर पनि प्राप्त गर्नेछन्
त्यसैगरी, जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गर्दा न्यूनतम ४० हजार मूल्याङ्कन प्राप्त गर्न सकिनेछ । साथै, स्क्र्याच कार्डमार्फत बजार मूल्याङ्कनभन्दा थप १ लाख ५० हजारसम्म पाउन सकिनेछ । फाइनान्स सुविधाहरू पनि उत्तिकै आकर्षक छन् । ४ दशमलव ९९ प्रतिशत मात्र ब्याजदरमा सुविधा, शून्य सेवा शुल्कसहित उपलब्ध छ । यो अफर नेपालभरका सबै आधिकारिक भेस्पा – एप्रिलिया शोरूमहरूमा उपलब्ध हुनेछ ।
योजनाबारे बोल्दै डेल्टा अटोकर्प प्रा. लि.का प्रमुख कार्यकारी अधिकृत विजय महतोले भने, “डेल्टा अटोकर्प सधैं आफ्ना ग्राहकहरूका लागि आकर्षक र फाइदाजनक योजना ल्याउन प्रतिबद्ध छ । यस वर्ष दशैं, तिहार र छठ पर्वको उल्लासलाई अझ रोचक बनाउन हामीले ‘डबल या ट्रिपल बबाल’ अफर सार्वजनिक गरेका छौं । हामी विश्वास गर्छौं, यो अफरले ग्राहकहरूको उत्सवलाई थप विशेष बनाउनेछ र उनीहरूले यस योजनाबाट भरपुर लाभ लिन सक्नेछन् ।”
You may also like
-
ग्वार खोला प्राचीन ‘गणेश गङ्गा’ संरक्षण अभियानमा २ युवा
-
हुम्लाको डाँडाफयामा भालुको आतङ्क, नियन्त्रणमा नलिए जनधनको क्षति हुनसक्ने सम्भावना
-
विपत्तिको कहर: १९ जिल्लामा मानवीय क्षति
-
पेट्रोलियम पाइपलाइनबाट साढे ६ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी बचत
-
जोखिमयुक्त मानिसहरुको रक्षाका लागि कोशी प्रदेश स्तरीय मानवअधिकार सहायता कक्ष गठन
