बानेश्वर मोड़मा वीर चिया रायको मूर्ति स्थापना गरिने

राजवंशी इतिहासका एक प्रमुख गौरव वीर चिला रायको मूर्ति अब बानेश्वर मोड़मा स्थापना गरिँदैछ। शुक्रवार डाबग्राम–फूलबारी विधानसभाअन्तर्गत इष्टर्न बाइपासनजिक महत्वपूर्ण मोड़मा मूर्ति स्थापनाको शिलान्यास कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी थिए चर्चित समाजसेवी ज्योति प्रकाश कानुरिया। तिनीसितै राजवंशी समुदायका थुप्रै प्रतिष्ठित व्यक्तित्वहरू अनि स्थानीय राजनैतिक नेताहरू पनि उपस्थित थिए।

राजवंशी समाजका प्रतिनिधि तथा डाबग्राम–फूलबारी विधानसभाका एससी, एसटी र ओबीसी सेलका अध्यक्षले बताएअनुसार तिनीहरूले लामो समयदेखि वीर चिया रायको मूर्ति स्थापना गर्नुपर्ने मागमा सङ्घर्ष गर्दै आइरहेका थिए। प्रशासनिक तहमा पटक–पटक निवेदन दिइएको थियो।

आज मूर्ति स्थापनाको आरम्भसितै सम्पूर्ण क्षेत्रमा उत्सवमय वातावरण देखिएको थियो। उपस्थित धेरैजसो राजवंशी नागरिक भावुक हुँदै भने, वीर चिला राय केवल इतिहासका पात्र होइनन् हाम्रा लागि आत्मपहिचान, सङ्घर्ष अनि गौरवको प्रतीक हुन्। यस मूर्तिले राजवंशी समाजलाई नयाँ प्रेरणा र सम्मान प्रदान गर्ने तिनीहरूको विश्वास छ। स्थानीय वासिन्दाहरूअनुसार बानेश्वर मोड़मा स्थापित हुने वीर चिला रायको मूर्ति भविष्यमा एउटा सांस्कृतिक तथा ऐतिहासिक स्मारकका रूपमा विकसित हुनेछ। यसले आउने पुस्तालाई तिनको वीरता र बलिदानको इतिहास सम्झाइरहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *